सन् १९५० : भारत र सिक्किमबिच भएको मैत्री सन्धिले सिक्किम अधिराज्यलाई औपचारिक रूपमा भारतको संरक्षित राज्य बनायो ।
सन् ७७१ : भाइ कार्लोम्यानको निधनपछि फ््रयांक (फ्रान्सको पूर्ववर्ती राज्य)मा तीन वर्षदेखि चलिरहेको संयुक्त राजाको व्यवस्था अन्त्य भयो, सार्लेमेन एकल राजा बने । सार्लेमेनको पालामा भएको सुधारले मध्यकालीन युरोपभर ठुलो प्रभाव पारेको थियो ।
सन् १४९२ : क्रिस्टोफर कोलम्बसले हिस्पानियोला पत्ता लगाए, जहाँ अहिले हाइटी र डोमिनिक रिपब्लिक दुई देश छन् ।
सन् १७९२ : अमेरिकामा दोस्रो राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो, जसबाट जर्ज वासिंटन पुनर्निर्वाचित भए ।
सन् १८४८ : तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स के पोल्कले यसै दिन क्यालिफोर्नियामा सुन भेटिएको सार्वजनिक पुष्टि गरे । यस खबरले ठुलो संख्यामा मानिस त्यस भेगतर्फ गएका थिए, जसलाई ‘गोल्ड रस’ भनिन्छ ।
सन् १९३२ : अमेरिकाले जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनलाई भिसा प्रदान गर्यो । हिटलरको शासनमा यहुदीविरोधी नीति लागू हुन थालेपछि अर्को वर्ष आइन्स्टाइन सोही भिसामा गए र जर्मनी फर्किएनन् ।
सन् १९३३ : अमेरिकाको संविधानको २१औँ संशोधन पारित भयो । यसले १३ वर्षअघि संविधानको १८औँ संशोधनमार्फत देशभर मादक पदार्थको बिक्री–वितरणमा लगाएको प्रतिबन्ध खुलायो ।
सन् १९३६ : सोभियत संघको एक एकाइ ट्रान्सककेसस गणतन्त्रलाई आर्मेनियन, अजरबैजान र जर्जियन गणतन्त्रमा छुट्याइयो ।
सन् १९५७ : इन्डोनेसियाका राष्ट्रपति सुकार्नोले अझै देशमा रहेका पूर्वऔपनिवेशिक शक्ति नेदरल्यान्डका नागरिकलाई देश निकाला गर्दै तिनको सम्पत्ति राष्ट्रियकरण गरिएको घोषणा गरे ।
सन् १९५८ : बेलायतमा सब्सक्राइबर ट्रंक डायलिङ (एसटिडी) प्रयोग सुरु भयो । यसले टेलिफोन कार्यालयका अपरेटरलाई फोन नगरी लामो दूरीसम्म स्वचालित फोन गर्ने बाटो खुलायो ।
सन् १९७८ : सोभियत संले अफगानिस्तानसँग बीसवर्षे मैत्रीसन्धिमा हस्ताक्षर गर्यो । यस सन्धिले अफगानिस्तानको नवगठित कम्युनिस्ट सरकार र सोभियत संघबिचको सम्बन्ध थप प्रगाढ बनाउने लक्ष्य लिएको थियो ।
सन् १९८३ : नेपालको राजधानी काठमाडौंमा इसिमोडको स्थापना भयो ।