ग्यास विक्रेता महासंघका पूर्वसचिव राजेश दाहाललाई ३ प्रश्न

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

भारतबाट मूल्य घटेर आउँदासमेत नेपाल आयल निगमले ग्यासको मूल्य किन नघटाएको हो ? 
सरासर उपभोक्ताको ठगी भइरहेको छ । स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने भनिन्छ । हरेक १५–१५ दिनमा जसरी पेट्रोल र डिजेलको भाउको मूल्य अद्यावधिक गरिन्छ, त्यसरी ग्यासकोे मूल्य अद्यावधिक गरिएको पाइँदैन । निगमले घाटा पूर्ति गर्नुपर्ने भएकाले मूल्य नघटाएको भन्छ । यदि त्यस्तै अवस्था हो भने चुहावट बन्द गर्नुपर्ने हो । पहिले पनि निगम घाटामा हुँदासमेत आफ्ना कर्मचारीलाई विभिन्न नाममा बोनस बाढिरहेको हुन्थ्यो । 

ग्यासमा अनुदान दिइएकाले मूल्य घटाउन नमिल्ने तर्क गरिन्छ नि ? 
एकातर्फ अनुदानको कुरा गरिन्छ अर्कोतर्फ प्रतिसिलिन्डर झन्डै २०० जति कर पनि लगाइएको छ । अत्यावश्यक वस्तु तथा सेवामा यसरी कर लगाउन नपाइने प्रावधानविरुद्ध गएर ग्यास सिलिन्डरमा भ्याट लगाइएको छ । यस्तो व्यवस्था दक्षिण एसियामै अन्यत्र छैन । खासमा ग्यास उद्योगी र आपूर्तिकर्ताको नाफाको हिसाब गरेर मूल्य तोकिने गरिएको छ । ठुला पाइपबाट तेल आउन थालेपछि पनि ट्यांकरबाट पनि तेल ढुवानीलाई निरन्तरता दिइएजस्तो हो । 

निगमको प्राथमिकता नै गलत भएको हो ?
हो, आयल निगम अनावश्यक विभिन्न फन्डामा केन्द्रित छ । कहिले ठुलो सिलिन्डर ल्याउने भनिन्छ । कहिले रातो सिलिन्डर/नीलो सिलिन्डर भन्ने । खासमा त उपभोक्तालाई सहुलियत मूल्यमा सामान दिनमा केन्द्रित हुनुपर्ने हो । 

सुझावित समाचार