जेलमा भेटेपछि इमरान खान स्वस्थ रहेको दिदीको भनाइ

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान स्वस्थ रहेको उनकी दिदीले जानकारी दिएकी छिन् । तथापि, भाइलाई जेलमा प्राय: अरूबाट एक्ल्याएर राखिएका कारणले आक्रोशित रहेको पनि उनले जानकारी दिइन् ।

केही समयदेखि इमरानको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला चलेपछि मंगलबार दिदी उज्मा खानुमलाई परिवार सदस्यको रूपमा भेट्न अनुमति दिइएको थियो ।

पेसाले चिकित्सक रहेकी खानुमले भाइसँग भेटेर पत्रकारसँग कुरा गर्दै भनिन्, ‘उनी शारीरिक रूपमा स्वस्थ छन् । तर, उनलाई सधैँ एक्ल्याएर राखिएको रहेछ । उनलाई अन्य कैदीलाई बन्द कोठाबाट धेरै बाहिर निस्किन दिइएको छैन । उनको कसैसँग कुनै सम्पर्क हुँदोरहेनछ ।’ खानुमका अनुसार आफूलाई जेलभित्र एक्ल्याइएकोमा इमरान ‘धेरै क्रुद्ध’ रहेको भनिन् । 
 

सुझावित समाचार