इतिहासमा आज

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १८२९ : इस्ट इन्डिया कम्पनी सरकारले आफ्नो नियन्त्रणमा रहेको भारतीय भूमिमा सतीप्रथा अन्त्य गर्ने र त्यस्तो कार्यमा संलग्नलाई दण्डित गर्ने कानुन ‘बेंगाल सती रेगुलेसन’ पास गर्यो । सुधारक राममोहन रोयलगायतले अभियानको समेत प्रेरणामा ल्याइएको यस कानुनले दक्षिण एसियाका अन्य भागमा पनि सतीप्रथाविरोधी कानुन ल्याउन प्रेरित गर्यो । 

सन् १२५९ : फ्रान्सका राजा लुई नवौँ र इंग्ल्यान्डका राजा हेनरी तृतीयबिच दुई देशबिच लामो समयदेखि कायम सीमा विवाद टुंग्याउने सम्झौतामा हस्ताक्षर ।

सन् १६४४ : युरोपमा चलिरहेको ‘तीसवर्षे युद्ध’ अन्त्य गर्ने विषयमा पहिलो युरोपेली शान्ति सम्मेलन सुरु भयो ।

सन् १८८२ : स्पेनिस जनरल तथा तानाशाह फ्रान्सिस फ्य्रान्को यसै दिन जन्मिएका थिए ।

सन् १९५९ : चीनको कम्युनिस्ट सरकारले देशका अन्तिम राजा पुयीलाई दोस्रो विश्वयुद्धका क्रममा जापानले चीनलाई टुक्र्याएर बनाएको कठपुतली राज्य ‘मन्चुको’का राजा बनेको अपराधका लागि औपचारिक रूपमा आममाफी दियो ।

सन् १९६१ : बेलायतले आफ्ना स्वास्थ्य संस्थामार्फत महिलाहरूलाई गर्भनिरोधक पिल्स उपलब्ध गराउन सुरु गर्यो ।

सन् १९८१ : राष्ट्रपति रोनाल्ड रेगनले सिआइएले देशभित्रै पनि अनुसन्धान गर्न पाउने शक्ति विस्तार गर्ने कानुन पारित गरे ।

सन् २०१८ : फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले तीन सातादेखि चलिरहेको प्रदर्शनको दबाबमा विवादास्पद इन्धन कर फिर्ता लिए । 

सुझावित समाचार