सन् १८९५ : स्विडिस रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्युपछि आफ्नो सम्पत्ति वार्षिक रूपमा भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति क्षेत्रमा सबैभन्दा ठुलो योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरियोस् भन्ने इच्छापत्रमा यसै दिन हस्ताक्षर गरे । यही इच्छापत्रअनुसार १९०१ बाट नोबेल पुरस्कार दिन थालियो ।
सन् १८०७ : नेपोलियनको फौज लिस्बननजिक आएपछि पोर्चुगलको शाही परिवार र दरबारका मानिससहित करिब १५ हजार दक्षिण अमेरिकामा रहेको उपनिवेश ब्राजिलतर्फ भागे ।
सन् १८२६ : अंग्रेज रसायनशास्त्री जोन वाल्करले सलाईको आविष्कार गरे ।
सन् १९७० : सिरिया पनि लिबिया, इजिप्ट र सुडानबिच संघीय राष्ट्र बनाउने दिशामा अघि बढ्ने प्रयासमा जोडियो ।
सन् १९७८ : टर्कीभित्रका कुर्दिस जातिको बसोवास रहेको क्षेत्रलाई अलग राष्ट्र बनाउने उद्देश्यले ‘कुर्दिस्तान श्रमिक पार्टी (पार्टी कारकेरानी कुर्दिस्तान अर्थात् पिकेके)’को स्थापना भयो ।
सन् १९८४ : बेलायत र स्पेन ‘ब्रसेल्स सहमति’मा हस्ताक्षर गर्दै जिब्राल्टरको अवस्थाबारे छलफल सुरु गर्न तयार भए ।
सन् १९९९ : हेलेन क्लार्क न्युजिल्यान्डको पहिलो निर्वाचित महिला प्रधानमन्त्री बनिन् ।
सन् २००६ : क्यानडाका प्रधानमन्त्री स्टेफन हार्परले अघि सारेको ‘केइबेक्वालाई (क्विबेक क्षेत्रका फ्रान्सेली भाषी नागरिक) एकीकृत क्यानडाभित्रै एक राष्ट्रका रूपमा स्विकार्ने’ प्रस्ताव तल्लो सदनले पारित गर्यो ।