इतिहासमा आज

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

सन् २००३ : करिब तीन दशक सञ्चालनमा रहेको विश्वको सबैभन्दा छिटो उड्ने कोनकोर्ड विमान महँगो सञ्चालन खर्च धान्न नसक्ने भएपछि यसै दिन अन्तिम उडान गरेर थन्क्याइयो । 

सन् १७८९ : अमेरिकी संसद्को अनुरोधमा अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले नयाँ निर्मित संविधानको सम्मानमा ‘नेसनल थ्याङ्स–गिभिङ डे’ मनाउने घोषणाअनुरूप यसै दिन पहिलोपटक ‘थ्याङ्स–गिभिङ डे’ मनाइयो । 

सन् १७९१ : तत्कालीन राष्ट्रपति जर्ज वासिंटनको फिलाडेल्फियास्थित घरमा पहिलोपटक अमेरिकी सरकारको क्याबिनेट बैठक बस्यो । राष्ट्रपतिसँगै विदेशमन्त्री थोमस जेफर्सन, वित्तमन्त्री एलेक्ज्यान्डर ह्यामिल्टन, युद्धमन्त्री हेनरी नक्स र महान्यायाधिवक्ता एड्मन्ड र्यान्डोल्फ बैठकमा सहभागी थिए । 

सन् १९१७ : पहिलो विश्वयुद्धमा मित्रशक्तिबाट लडिरहेको रुसमा बोल्सेभिक पार्टीको नयाँ सरकार गठन भएपछि यसै दिन तिनले विश्वयुद्धबाट बाहिरिन प्रतिद्वन्द्वी जर्मनी र अस्ट्रिय हंगेरीसँग सम्झौताको प्रस्ताव राखे । डिसेम्बर १५ मा रुस र धुरी राष्ट्रबिच युद्धविराम सम्झौता र अर्को वर्ष मार्च ३ मा औपचारिक रूपमा ‘ब्रेस्ट–लितोभ्स्क सम्झौता’मा हस्ताक्षर भएसँगै रुस युद्धबाट बाहिरिएको थियो । 

सन् १९१८ : मोन्टेनेग्रोमा बसेको ‘पोड्गोरिका सभा’ले छिमेकी देश सर्बियासँग मिसिने पक्षमा मतदान गर्यो । 

सन् १९२४ : मंगोलियाले नयाँ संविधान लागू गर्दै देशलाई गणतन्त्र घोषणा गर्यो । 

सन् १९४१ : जापानका नौसैनिक वाहन र ४१४ जहाज कुरिल टापुको आधारबाट अमेरिकाको पर्लहार्वरतर्फ अघि बढ्न सुरु गर्यो । सो समूहले डिसेम्बर ७ मा पर्लहार्वरमाथि आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा तानिएको थियो । 

सन् १९४८ : पहिलो पोलारोइड क्यामेरा ‘मोडल ९५’ सार्वजनिक भयो । 

सन् १९४९ : भारतको संविधानसभाले देशको संविधानलाई अनुमोदन गर्यो । यो दुई महिनापछि जनवरी २६ मा लागू भएको थियो । 

सन् १९५४ : श्रीलंकाली सरकारसँग लडेर देशको उत्तर तथा पूर्वी भागमा अलग तलिम राज्यका लागि झन्डै तीन दशक सशस्त्र विद्रोह लडेको तमिल टाइगर्सका संस्थापक नेता भेलुपिलाई प्रभाकरण यसै दिन जन्मिएका थिए । 

१९९८ : टोनी ब्लेयर आयरल्यान्डको संसद्मा सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बने । 

सुझावित समाचार