सन् २००९ : फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भयो । २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीको एउटा समूहले गोली हानेर हत्या गर्यो । उनीहरूको शवसमेत पुरिएको अवस्थामा फेला परेको थियो ।
सन् १८९० : नेदरल्यान्डका राजा विलियम तृतीयको मृत्युपछि उनका कुनै छोरा नहँुदा कानुन संशोधन गरी छोरीले पनि सत्ता सम्हाल्ने व्यवस्था लागू गरियो । परिवर्तित स्थितिमा राजकुमारी विल्हेलमिना राजगद्दीमा बसिन् ।
सन् १९०९ : हवाईजहाजका आविष्कारक राइट दाजुभाइले हवाईजहाज बनाउने करोडौँ डलरको कर्पाेरेसन गठन गरे ।
सन् १९१० : स्विडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो । एकजनाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्विडेनका अन्तिम नागरिक हुन् । सन् १९२१ मा स्विडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गर्यो ।
सन् १९७१ : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा ताइबानले गर्दै आएको चीनको प्रतिनिधित्वलाई बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीले प्रतिनिधित्व गर्न थाल्यो ।
सन् १९७६ : श्वासप्रश्वासको उपकरणविना फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाइबाट समुद्रमा हाम फाले । हाम फाल्दा उनी ४९ वर्षका थिए । उनले यसअघि १०५ मिटर उचाइबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए ।
सन् २००० : लाइबेरियाले पहिलो महिला राष्ट्रपति पायो । एलेन जोनसन सिरलिफ २३ नोभेम्बरमा लाइबेरियाको राष्ट्रपति बनिन् । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
सन् २०११ : अरब क्रान्तिका क्रममा ११ महिना विरोध प्रदर्शन सामना गरेपछि अन्तत: यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेहले आफूलाई कुनै मुद्दा नचलाउने सर्तमा उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्ने सहमति जनाए ।