इतिहासमा आज

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १९७९ : जुहेमान अल–ओटेवीको नेतृत्वमा ६०० लडाकुले मक्कास्थित मुस्लिमको सबैभन्दा पवित्र तीर्थस्थल ‘ग्य्रान्ड मस्क’लाई कब्जामा लिए । साउदी राजतन्त्र अन्त्यको माग गर्दै समूहले १४ दिनसम्म मस्जिद कब्जामा लिएका थिए । ठुलो सैन्य कारबाहीपछि मात्र मस्जिद मुक्त गरिएको थियो ।  

सन् १९१५ : दोस्रो पेरिस सम्झौतामा हस्ताक्षर भयो । सम्झौताले फ्रान्सको सिमानालाई सन् १७९० अघिको अवस्थामा खुम्च्यायो । त्यस्तै, फ्रान्समाथि नेपोलियनले सुरु गरेका सबै युद्धका लागि कठोर हर्जनासमेत तोकियो । 

सन् १९१७ : पहिलो विश्वयुद्धका क्रममा बेलायतले जर्मनीविरुद्ध पहिलोपटक युद्धक्षेत्रमा तोपको प्रयोग गर्यो ।  

सन् १९४५ : दोस्रो विश्वयुद्ध अन्त्य भएपछि नाजी नेताहरूविरुद्ध ‘नुरेमवर्ग ट्रायल’ सुरु भयो । अर्को वर्ष अक्टोबर १ सम्म चलेको सुनुवाइले २४ शीर्ष नाजी नेतालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको थियो । 

सन् १९६२ : सोभियत संघले क्युबामा राखेको इल्युसिन द्वितीय–२६ बमवर्षक जेट हटाउने सहमति जनाएसँगै अमेरिकाले क्युबामाथि लगाएको समुद्री नाकाबन्दी अन्त्य गर्यो । 

सन् १९६६ : स्विट्जरल्यान्डको ज्युरिक क्यान्टनमा त्यस क्षेत्रभित्र महिलालाई मताधिकार दिने–नदिने प्रश्नमाथि भएको जनमत संग्रहमा बहुसंख्यकले विपक्षमा मत दिए ।  

सन् १९७७ : इजिप्टका राष्ट्रपति अनवर सद्दात इजिप्टको संसद्मा सम्बोधन गर्ने पहिलो अरब देशका राष्ट्रप्रमुख बने । यही कदमका कारण पछि उनको हत्या नै भयो । 

सन् १९८५ : माइक्रोसफ्टले आफ्नो पहिलो विन्डोज सफ्टवेयर ‘माइक्रोसफ्ट विन्डोज १.०’ सार्वजनिक गर्यो । 

सन् १९८६ : विश्व स्वास्थ्य संगठनले एड्सविरुद्ध पहिलो विश्वव्यापी अभियान घोषणा गर्यो ।

सुझावित समाचार