सन् २००१ : अमेरिका र बेलायती सेनाको समर्थनमा नर्दन एलायन्स लडाकुले काबुल कब्जा गरे । एक दिनअघि तालिबान राजधानी छाडेर आफ्नो गढतिर गएका थिए ।
सन् १९२२ : एक महिनाअघि मात्र स्थापना भएको बिबिसी (तत्कालीन ब्रिटिस ब्रोडकास्टिङ कम्पनी)ले लन्डनबाट पहिलो दैनिक रेडियो प्रसारण सुरु गर्यो ।
सन् १९९० : पोल्यान्ड र संघीय गणतन्त्र जर्मनीले ‘ओडर–सिइस्से रेखा’लाई दुई देशको औपचारिक सिमाना तय गर्ने सम्झौतामा हस्ताक्षर गरे ।
सन् १९९१ : पेरिस शान्ति सम्झौतापछि राजकुमार नरोद्दम सिंहानुक १३ वर्षको निर्वासनपछि बेइजिङबाट कम्बोडिया फर्किए ।
सन् २००८ : विश्वका ठुला बीस अर्थतन्त्रको समूह जी–२० को पहिलो सम्मेलन अमेरिकामा भयो ।