सन् १९१८ : पहिलो विश्वयुद्धको अन्त्य । जर्मनी र गठबन्धन देशबिच युद्ध अन्त्य गर्न हस्ताक्षर । पहिलो विश्वयुद्धमा एक करोड ७० लाखको मृत्यु भएको थियो ।
सन् १८८९ : वासिंटनलाई अमेरिकाको ४२औँ राज्यको रूपमा घोषणा ।
सन् १९६५ : रोडेसिया (हालको जिम्बाबे) बेलायतबाट स्वतन्त्र घोषित । राष्ट्र संघ र बेलायतले मान्यता दिएपछि रोडेसियाको नाम जनगणतन्त्र जिम्बाबे रहन गयो ।
सन् १९७३ : चिलीलाई खेलाउन अस्वीकार गरेको भन्दै तत्कालीन सोभियत युनियनलाई विश्वकप फुटबलबाट बर्खास्त ।
सन् १९७५ : ३०० वर्षभन्दा बढी पोर्चुगलको शासनपछि एंगोला स्वतन्त्र घोषित ।
सन् २००४ : प्यालेस्टिनी नेता यासेर अराफातको फ्रान्सको राजधानी पेरिसमा निधन । सन् १९६६ देखि २००४ सम्म प्यालेस्टाइनको प्रमुख बनेका अराफात प्यालेस्टाइन स्वतन्त्र संगठन (पिएलए)का अध्यक्ष थिए ।