इतिहासमा आज

आइतबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

सन् १९३८ : नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरे । नाजीले यहुदीसँग आबद्ध व्यापरी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजीखोजी हत्या गरेका थिए । उनीहरू यहुदीको धर्मगृहमा समेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुका साथै ३० हजारलाई पक्राउ गरिएको थियो ।

सन् १४५५ : जोहान गुटेनवर्गले विश्वको पहिलो प्रेस बनाउन लिएको ऋण नतिरेको मुद्दामा अदालतले ऋण दिने जोहान फर्स्टको पक्षमा फैसला गर्दै ऋणबापत प्रेस नै फर्स्टलाई अधिग्रहण गर्ने अधिकार दियो । 

सन् १८६० : इलिनोई राज्यका रिपब्लिकन नेता अब्राहम लिंकन अमेरिकाको १६औँ राष्ट्रपति बने । 

सन् १८६१ : अमेरिकी गृहयुद्धका क्रममा अलग राष्ट्रका रूपमा बनेको ‘कन्फेडेरेट स्टेट्स अफ अमेरिका’ले ६ वर्षको कार्यकालका लागि जेफरसन डेभिसलाई राष्ट्रपति चुन्यो । 

सन् १९१३ : महात्मा गान्धी भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा दक्षिण अफ्रिकामा पक्राउ परे । 

सन् १९७८ : इरानका राजा माहेम्मद रेजा पह्लवीले देशलाई सेनाको शासनमा राख्ने निर्णय गर्दै जनरल गोलाम रेजा अझारीलाई सरकार बनाउन आह्वान गरे । 

सुझावित समाचार