सन् १९९१ : सोभियत संघका १५ मध्ये सबैभन्दा ठुलो एकाइ रुसका राष्ट्रपति बोरिस यल्तसिनले सत्तारूढ कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । मिखाइल गोर्भाचेबविरुद्ध अगस्टमा भएको पार्टीका कट्टरपन्थी समूहले गरेको कू असफल भएपछि कमजोर बनेको कम्युनिस्ट पार्टीका लागि यो कदम अन्तिम धक्काजस्तो भयो । यस कदमले सोभियत संघको पतनलाई तीव्र बनायो ।
सन् १४५५ : जोहान गुटेनवर्गले विश्वको पहिलो प्रेस बनाउन लिएको ऋण नतिरेको मुद्दामा अदालतले ऋण दिने जोहान फर्स्टको पक्षमा फैसला गर्दै ऋणबापत प्रेस नै फर्स्टलाई अधिग्रहण गर्ने अधिकार दियो ।
सन् १८६० : इलिनोई राज्यका रिपब्लिकन नेता अब्राहम लिंकन अमेरिकाको १६औँ राष्ट्रपति बने ।
सन् १८६१ : अमेरिकी गृहयुद्धका क्रममा अलग राष्ट्रका रूपमा बनेको ‘कन्फेडेरेट स्टेट्स अफ अमेरिका’ले ६ वर्षको कार्यकालका लागि जेफरसन डेभिसलाई राष्ट्रपति चुन्यो ।
सन् १९१३ : महात्मा गान्धी भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा दक्षिण अफ्रिकामा पक्राउ परे ।
सन् १९७८ : इरानका राजा माहेम्मद रेजा पह्लवीले देशलाई सेनाको शासनमा राख्ने निर्णय गर्दै जनरल गोलाम रेजा अझारीलाई सरकार बनाउन आह्वान गरे ।