सन् २००८ : अमेरिकाको राष्ट्रपतिमा पहिलोपटक अफ्रिकी–अमेरिकी मूलका बाराक ओबामा निर्वाचित । दुई कार्यकाल राष्ट्रपति भएका ओबामा अमेरिकाका ४४औँ राष्ट्रपति हुन् ।
सन् १९२२ : होवार्ड कार्टरले इजिप्टमा फाराओ तुतान्खुमुन (ईपू १३४१–१३२३)को दुरुस्त चिहान फेला पारे ।
सन् १९२४ : अमेरिकी राजनीतिज्ञ नेली टेलो रस अमेरिकी राज्य (बायोमिङ) को गभर्नर निर्वाचित हुने पहिलो महिला बनिन् ।
सन् १९४६ : युनेस्कोको स्थपनाका लागि पहल सुरु भयो । संयुक्त राष्ट्र संघको यो विशेष एजेन्सीले शिक्षा, विज्ञान र संस्कृतिमा अन्तर्राष्ट्रिय सहकार्यको प्रवद्र्धनका लागि आह्वान गर्छ ।
सन् १९५२ : अमेरिकाको राष्ट्रिय सुरक्षा निकायको गठन । एनएसएका रूपमा परिचित अमेरिकी जासुसी संगठन विश्वभरबाट जासुसी सूचना संकलन र त्यसको अनुगमनका लागि जिम्मेवार निकाय हो ।
सन् १९७९ : इरानमा अमेरिकीको ठुलो समूहलाई बन्ध बनाइयो । इरानका विद्यार्थीको एउटा समूहले राजधानी तेहरानस्थित अमेरिकी राजदूतावासलाई कब्जामा लिएर त्यहाँ रहेका ५२ अमेरिकीलाई बन्धक बनाए । ४४४ दिन चलेको यो संकटले अमेरिका र इरानबिचको कूटनीतिक सम्बन्धमा दरार ल्यायो ।