युएईविरुद्ध रोहित पौडेलको शतक

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन्।

दुबईस्थित आइसिसी एकेडेमीमा रोहितले १२६ बलमा १०० रन बनाएका हुन्। एकदिवसिय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले पप्पुवा न्यू गिनीविरुद्ध शतक बनाएका थिए। एकदिवसियमा उनले ११ अर्धशतक बनाएका छन्। 

टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले ४६.४ ओभरमा ६ विकेट गुमाएर २०६ रन जोडेको छ।

सुझावित समाचार