सन् १९१८ : चेकोस्लोभियाले हंगेरीबाट स्वतन्त्रता पायो । मध्य–युरोपेली देश चेकोस्लोभिया सन् १७०० देखि हंगेरीको अधीनमा थियो । पहिलो विश्वयुद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो । उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीका राष्ट्रपति बनेका थिए ।
सन् १९१९ : अमेरिकी कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसारपसारमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । भोस्टिड एक्ट नामक सो कानुनअनुसार औषधी र धार्मिक प्रयोजनका लागि अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसारपसारलाई गैरकानुन घोषित गरिएको थियो ।
सन् १९३८ : जर्मनीद्वारा १७ हजार यहुदी देशनिकाला । जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार यहुदीलाई देशनिकाला गरेर पोल्यान्ड पठाइदिएको थियो ।
सन् १९९५ : अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगलागी । सो आगलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ । पुरानो वायरिङ प्रणालीका कारण भएको आगलागीका कारण रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो ।
सन् २००७ : आजकै दिन क्रिस्टिना फर्नान्डेज डी क्रिचर अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित । उनी सन् २०११ मा पुन: राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।