तान्जानियाले अन्नबाली जोगाउन लाखौँ पक्षी मारेको छ । ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने चरा) मारेको देशको बोटबिरुवा र कीटनाशक औषधि अनुगमन गर्ने संस्था ‘तान्जानिया बोटबिरुवा स्वास्थ्य तथा कीटनाशक प्राधिकरण (टिपिएचपिए)’ले जनाएको हो ।
हालसम्म व्यावसायिक बालीहरू खतरामा पार्न सक्ने ५० लाख क्वेलिया चरा मारिएको सो निकायले जनाएको छ । खतरनाक पक्षीले बालीनाली तहसनहस पार्न थालेपछि सरकारले दुई वर्षदेखि क्वेलिया मार्ने अभियान चलाएको थियो ।