सन् १९८५ : भारतीय प्रधानमन्त्री राजीव गान्धीले अकाली दलका सिख नेता हरचन्द सिंह लोंगोवालसँग पन्जाबमा चलेको हिंसा कम गर्न राजनीतिक विषयमा सम्झौता गरे । सम्झौतामा हस्ताक्षर गरेकै कारण लोंगोवाल एक महिनाभित्रै कट्टर सिखबाट मारिए ।
सन् १६६० : कन्स्ट्याटिनोपल (हालको इस्तानबुल)मा विशाल डढेलो लाग्दा चालीस हजारको ज्यान गयो ।
सन् १७८३ : भेनेजुयलाका सैन्य तथा राजनीतिक नेता साइमन बोलिभारको आजकै दिन जन्म भएको थियो । उनले पछि गएर कैयौँ दक्षिण अमेरिकी देशलाई स्पेनिस शासनबाट स्वतन्त्र हुने अभियानमा भूमिका खेले ।
सन् १८६६ : अमेरिकी गृहयुद्धमा ‘कन्फडेरेट स्टेट अफ अमेरिका’को हारपछि त्यसको एकाइमध्ये पुन: संयुक्त राज्य अमेरिकामा फर्किने पहिलो राज्य बन्यो टेनिसी ।
सन् १८८० : अमेरिकाको मिचिगन राज्यमा बनेको विश्वको पहिलो व्यावसायिक जलविद्युत् आयोजना ‘ग्य्रान्ड र्यापिड्स’ले आजैबाट बिजुली उत्पादन गर्न सुरु गर्यो ।
सन् १९११ : अमेरिकी अन्वेषक हिरम बिंघमले ‘इन्का सभ्यता’को हराएको सह र माचु पिच्चु पत्ता लगाए ।
सन् १९६७ : डा. सिसेली स्यान्डर्सले लन्डनमा पहिलो आधुनिक ‘प्यालियटिम केयर’ सेवा सुरु गरे । यसले मृत्यु निश्चित भएका बिरामीलाई अन्तिम समय सहज रूपमा बिताउन सघाउने अभियान सुरु गर्यो ।
सन् १९६९ : पहिलो मानवलाई चन्द्र धरालतमा पुर्याएर एपोलो–११ आज सकुशल पृथ्वीमा अवतरण गर्यो ।