उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबिच सहकार्य

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबिच शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य हुने भएको छ ।

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसर प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकताअनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने विषयमा दुवै निकायका प्रतिनिधिमण्डलबिच छलफल पनि भएको छ । 

सुझावित समाचार