क्यानडामा ट्रुडोका उत्तराधिकारी चयनको तयारी सुरु

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

 क्यानडाको लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्वगभर्नरलाई आफ्नो नयाँ नेताका रूपमा चयन गर्ने तयारी गरेको छ । आइतबार बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्यान्डका पूर्वगभर्नर मार्क कार्नीलाई करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेसँगै उनलाई लिबरल पार्टीको नयाँ नेताको रूपमा चयन गर्न बाटो खुलेको हो । 

त्यस्तै, अर्को मुख्य प्रतिद्वन्द्वीमा ट्रुडो सरकारी पूर्वउपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड छिन् । उनले सन् २०१५ मा पहिलोपटक निर्वाचित लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पद सम्हालेकी थिइन् । दुई सम्भावित उम्मेदवारमध्ये जसलाई पार्टीले अनुमोदन गर्छ उसैले ट्रुडोको उत्तराधिकारी बन्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीको लोकप्रियता निरन्तर खस्किएको देखाएका छन् । 

कार्नीले ट्रुडो क्याबिनेटका अधिकांश सदस्यको समर्थन प्राप्त गरेका छन् र फ्रिल्यान्डको जित आमचुनावतर्फ अघि बढिरहेका लिबरलहरूका लागि एक झट्का हुनेछ ।

See More On

सुझावित समाचार