न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफी

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ४  विकेटले हराएको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य दिएको थियो। भारतले ६ विकेटको क्षतिमा ४९ ओभरमा खेल जितेको हो। 
भारतका लागि कप्तान रोहित शर्मालले सर्वाधिक ७६ रन बनाए। 

भारतले तेस्रोपटक च्याम्पियन ट्रफीको उपाधि जितेको हो। 

यो वर्ष प्रतियोगिताभरि नै  भारत अपराजित रह्यो। समूह चरणको तीनै खेल जितेको उसले सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेको थियो। यसपटक ब्याटिङ र बलिङ दुवैतर्फ भारतको उत्कृष्ट प्रदर्शन रह्यो। 

सुझावित समाचार