प्रधानमन्त्रीलाई बालेनको आग्रह– मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनुहोला

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी ओलीप्रति तिखो टिप्पणी गरेका छन्। भोको पेट मारेर आफूलाई हराउन खोजेको भन्दै देशलाई नडुबाउन उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्। 

सरकारले  साढे दुई महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयलाई लिएर उनले यस्तो लेखेको बालेनको सचिवालय स्रोत बताउँछ । प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकामा कर्मचारीको तलबसम्म रोकिएको छ । 

सुझावित समाचार