एनसिएचएलद्वारा विभिन्न व्यक्ति र संस्था पुरस्कृत

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसि एचएल)ले १६औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले १६औँ वार्षिकोत्सवको अवसर पारी विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । 

कार्यक्रममा एनसिएच­एलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई दीर्घसेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुनेमध्ये प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, प्रोडक्ट लिड विष्णुप्रसाद धिताल तथा इन्चार्ज कार्ड अपरेसन्स वन्दना लुइँटेल रहेका छन् । 

वार्षिकोत्सवकै अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र सरकारी निकायलाई सम्मानसमेत गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआइसी एसिया बैंक, गरिमा विकास बैंक र आइसिएफसी फाइनान्सलाई एक्सिलेन्स इन नेपालपे क्युआर ट्रान्जेक्सन अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकलाई एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस’ तथा एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल अवार्डबाट सम्मानित गरिएको थियो । त्यस्तै, नबिल बैंक एक्सिलेन्स इन डिजिटाइजिंग बिजनेसे विथ कर्पोरेट–पे अवार्ड प्राप्त गर्न सफल भएको छ भने नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटलाइज्ड गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो । 

त्यसैगरी, सरकारी कारोवारअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो । सरकारी कारोवारबाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक÷भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए । कार्यक्रममा एनसिएचएलका पूर्वअध्यक्ष सुमन जोशीको योगदानलाई कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरिएको थियो । 
 

See More On

सुझावित समाचार