गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत भेटिए

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

काठमाडौंको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकै परिवारका तीनजना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका– ३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दंगाल, १५ वर्षीया छोरी अंशु र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले १६ कात्तिकदेखि परिवारका सदस्य हराइरहेको भन्दै बिहीबार दिउँसो प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरू मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जनकारी दिए ।

See More On

सुझावित समाचार