दशरथ रंगशालामा दर्शकको भिड, चेकिङमा कडाइ

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण
दशरथ रंगशालामा दर्शकको भिड, चेकिङमा कडाइ

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति छ।

काठमाडौंको दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि नेपाल र बंगलादेशबिच खेल हुँदै छ। खेलबिच दर्शकले अवाञ्छनीय गतिविधि गर्न सक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ। 

प्रहरीले चेकिङमा कडाइ गरेको छ। त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रं‌गशाला पुगेका छन्।

सुझावित समाचार