इतिहासमा आज

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

सन् २००५ : भारतको राजधानी नयाँदिल्लीका विभिन्न सहरमा शृंखलाबद्ध विस्फोट । दीपावलीको पूर्वसन्ध्यामा भएका ती हमलामा ६० जनाको मृत्यु ।

सन् १८६३ : स्विट्जरल्यान्डको जेनेभामा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)को स्थापना । रेडक्रसले तीनपटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेको छ । 

सन् १९९८ : अमेरिकाका ७७ वर्षीय जोन ग्लेन डिस्कभरी सटलमार्फ अन्तरिक्षमा उडेका थिए । उनी अन्तरिक्षमा उड्ने पहिलो वृद्ध हुन् ।

सन् २०१२ : स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जनधनको क्षति । आँधीबाट अमेरिकामा ५० अर्ब डलरबराबरको क्षति भयो । 

सन् २०१५ : चीनद्वारा एक सन्तान नीति समाप्त भएको घोषणा । सन् २०१६ देखि चीनमा दम्पतीलाई दुई सन्तान जन्माउन अनुमति प्रदान गर्यो ।

सुझावित समाचार