सन् १९४६ : अमेरिकाको ह्वाइट्स सान्ड्सबाट प्रक्षेपित ‘भी–२ नम्बर १३’ नामक रकेटमा राखिएको क्यामेराले विश्वमा पहिलोपटक अन्तरिक्षबाट पृथ्वीको तस्बिर खिच्यो ।
सन् ७९ : माउन्ट भेसभिअसमा ज्वालामुखी विस्फोट हुँदा पोम्पेई, अर्कुलनियम, ओपलोन्टिस र स्टेबियई सहर तातो लाभामुनि पुरियो । हजारौँको ज्यान गयो ।
सन् १९२९ : सन् १९२९ मा आएको आर्थिक महासंकटको कारण बनेको ‘वालस्ट्रिट स्कट मार्केट संकट’ आजकै दिनबाट सुरु भएको थियो ।
सन् १९४५ : संयुक्त राष्ट्र संघको बडापत्र आजकै दिनबाट कार्यान्वयनमा आएको थियो ।
सन् १९७० : माक्र्सवादी सल्भाडोर एलेन्डे चिल्लीका राष्ट्रपति निर्वाचित भए ।
सन् २००३ : हावाको गतिभन्दा छिटो उड्ने ‘कोनकोर्ड विमान’लेआफ्नो अन्तिम उडान गर्यो ।
सन् २००९ : विश्वव्यापी उष्णताले निम्त्याएको संकटविरुद्ध अभियानका रूपमा विश्वमा पहिलो ‘जलवायु कदमका लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइयो ।
सन् २०१९ : स्पेनका पूर्वतानाशाह फ्रान्सिस्को फ्रान्कोको पार्थिव शरीर ‘भ्याली अफ फलेन’बाट हटाएर म्याड्रिडको निजी पारिवारिक चिहानमा सारियो ।