पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।

मिश्र केही दिनअघि डेंगु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कुपन्डाेलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

चारदशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मिश्र जंगल पर्यटनका पायोनियर हुन् । नेपालमा हाइ इन्ड पर्यटक भित्र्याउन उनको महत्वपूर्ण योगदान रहेको थियो । मिश्रका श्रीमती र एक छोरा छन् ।     

मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष थिए । यस्तै, पाटा नेपाल च्याप्टर र नेपाल एशोसिएसन अफ टुर अपरेटर्स (नाटा)का पूर्वअध्यक्षसमेत थिए  । नेपाल पर्यटन बोर्डको स्थापनामा उनको महत्वपूर्ण योगदान रह्यो । उनी टेम्पल टाइगर ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष हुन् ।

See More On

सुझावित समाचार