व्यास नगरपालिका– १ गल्बुबेँसीमा आज ट्र्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।
ग.१ त ७०३१ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। सोही वडास्थित ज्ञानगंगा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको ट्र्याक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।
ट्र्याक्टरचालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।