अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले सन्न्यास फिर्ता लिँदै पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन चाहेको बताएका छन् । आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलिया सुपर एटबाट बाहिरिएसँगै वार्नरले टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएका थिए ।
एकदिवसीय र टेस्टबाट उनले गत वर्ष सन्न्यासको घोषणा गरेका थिए । वार्नरले सामाजिक सञ्जालमार्फत अर्को पाकिस्तानमा वर्ष हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न चाहेको बताएका छन् । ‘म केही समय फ्रेन्चाइज क्रिकेट खेल्नेछु । यदि अवसर पाएँ च्याम्पियन्स राष्ट्रिय टोलीबाट ट्रफीमा खेल्न पनि तयार छु,’ वार्नरले भनेका छन् ।