पोखरा र वालिङमा सिटिजन्स बैंकको शाखा विस्तार

आइतबार, २४ असार, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गरेको छ । बैंकले पोखरा र स्याङ्जा, वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै गण्डकी प्रदेशमा सञ्चालित शाखाको संख्या १५ पुगेको छ । 

वालिङमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको बताए । 

सुविधासम्पन्न यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । 

नयाँ शाखा सञ्चालनको अवसरमा ग्राहकले खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सक्नेछन् । त्यस्तै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुट र लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको पनि बैंकले जनाएको छ ।

सुझावित समाचार