आइसिसी टी२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रन बनाएको हो ।
नेपालका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले ठूलो स्कोर बनाउन सकेन । कुशल भुर्तेलले सर्वाधिक चार तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टान स्टब्सले २७ रन बनाएका हुन् ।
समूह डी मा दक्षिण अफ्रिकाले अघिल्ला तीनै खेल जितेको छ । नेपाल आजको खेल जित्दै सुपर ८ सम्भावना कायम राख्ने योजनामा छ ।