पुटिनको आणविक हतियारको धम्कीबाट डराएको पश्चिम

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

बाइडेन सरकारअन्तर्गतको ‘नेसनल सेकुरिटी काउन्सिल’मा एउटा मानसिकता स्पष्ट देखिन्छ– द्वन्द्व वृद्धिप्रति घृणा । यही सिद्धान्तका कारण तिनमा युक्रेनको समर्थनमा धेरै अघि बढ्दा तेस्रो विश्वयुद्ध निम्तने डरले सताएको हुन सक्छ । दुई साताअघि फ्रान्स र जर्मनीले युक्रेनलाई तिनले दिएको हतियार रुसी भूमिभित्र आक्रमणमा प्रयोग गर्न सकिने भन्दै बेलायत र अन्य देशसँग सामेल हुने महत्वपूर्ण निर्णय लिए । यी कदमपछि  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘साना र सघन जनसंख्या भएका देश’का लागि ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिए । पुटिनको संकेत आणविक हतियारको प्रयोगतर्फ थियो ।

पश्चिमले युक्रेनलाई समर्थन बढाउँदै लग्दा पुटिनले रुसको आणविक हतियार प्रयोगको धम्की पनि बढाउँदै लगेका छन् । तथापि अमेरिकाले यसलाई गम्भीरतापूर्वक लिनुहुन्न । पछिल्ला दुई वर्षलाई नै हेरौँ । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेर बृहत् युद्ध सुरु हुनुअघि युक्रेनले ज्याभलिन तथा स्टिंगर्सजस्ता शक्तिशाली मिसाइल लन्चर उपलब्ध गराउन अनुरोध ग¥यो । द्वन्द्व वृद्धिको त्रासबीच सुरुमा युक्रेनी सेना आफूले चाहेअनुसारको ती हतियार प्राप्त गर्न सफल भएनन् । पछि जब पश्चिमले ती हतियार ठूलो परिमाणमा दिन सुरु गरे युक्रेनी सेनाले तिनलाई प्रभावकारी रूपमा रुसविरुद्ध प्रयोग गरे । तर, रुसको चेतावनी र पश्चिमको डरमा रहेको कुनै आणविक युद्ध भएन ।

किभवरपरको युद्ध जितिसकेपछि युक्रेनले एमआइजी– २९ पठाउन अनुरोध गर्यो, जुन पोल्यान्ड उपलब्ध गराउन सहमत भयो । बाइडेन प्रशासनले यसलाई सुरुमा विरोध गर्यो । तर, केही समयपछि यस निर्णयबाट पछि हट्यो । त्यसवेला पनि कुनै आणविक युद्ध भएन । युक्रेनले फेरि आफ्नो आकाशको रक्षा गर्न एफ–१६ लडाकु विमानका लागि अनुरोध गरेको थियो । बाइडेन प्रशासनले त्यस अनुरोधलाई पनि सुरुमा अस्वीकार ग¥यो । पछि उसले आफ्नो अडान परिवर्तन ग¥यो । तर, फेरि कुनै आणविक युद्ध भएन ।

पश्चिमले हरेकपटक युक्रेनलाई ठूला हतियार सहयोगको प्रतिबद्धता जनाउँदा रुसले आणविक हतियारले जवाफ दिने धम्की दिँदै आएको छ ।  रुसी चेतावनीलाई हल्का रूपमा लिनुहुँदैन, तथापि विगतको अनुभवले यी धम्की प्रायः खोक्रा देखाउँछन् । 

युक्रेनले सुरुदेखि नै रुसी हवाई आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न प्याट्रियट मिसाइल अनुरोध गरेको थियो । बाइडेन प्रशासनले सुरुमा ‘हुन्न’ भन्यो, त्यसपछि आफ्नो अडान परिवर्तन गर्यो । तैपनि कुनै आणविक युद्ध भएन । बरु धेरैको ज्यान जोगियो । युक्रेनले रुसी आपूर्ति लाइनमा आक्रमण गर्न एचआइएमएआरएस रकेट लन्चरहरू, उन्नत मिसाइल/आर्टिलरी प्रणाली अनुरोध गर्यो । प्रशासनले सुरुमा ‘हुँदैन’ भन्यो । त्यसपछि आफ्नो अडान परिवर्तन गर्यो । र, पनि कुनै आणविक युद्ध भएन ।

युक्रेनले पूर्वमा नहरबाट गर्ने युद्धका लागि अब्राम 
ट्यांक र ब्राडली इन्फन्ट्री लडाकु गाडीहरूको माग गर्यो । बाइडेन प्रशासनले सुरुमा अस्वीकार गर्यो । फेरि आफ्नो अडान परिवर्तन गर्यो । तैपनि कुनै आणविक युद्ध भएन । युक्रेनले रुसी लक्ष्यमा आक्रमण गर्न करिब १९० माइलको दायरा भएको एटिएसिएमएस मिसाइलका लागि अनुरोध गरेको थियो । प्रशासनले सुरुमा अस्वीकार गर्यो । त्यसपछि आफ्नो अडान परिवर्तन गर्यो, र कुनै आणविक युद्ध भएन ।

यीमध्ये लगभग प्रत्येक मामिलामा रुसले युद्ध चर्काउने, नेटो सदस्यमाथि आक्रमण गर्ने वा आणविक हतियार प्रयोग गर्ने धम्की दियो । प्रत्येकपटक किभ चेतावनीको निसाना बन्यो । रुसी चेतावनीलाई हल्का रूपमा लिनुहुँदैन, तथापि विगतले हामीलाई देखाउँछ कि यी धम्की प्रायः खोक्रा छन् । शीतयुद्धको समयमा पनि आणविक धम्की आइरहन्थ्यो । तर, त्यसले अमेरिकालाई आफ्नो विदेश नीतिको चासोलाई अगाडि बढाउन रोकेन ।

कल्पना गर्नुहोस् कि यदि अमेरिकाले युक्रेनलाई सुरुदेखि नै माथिका सबै हतियार प्रदान गरेको भए के हुन्थ्यो ? सन् २०२२ मा युक्रेनको जवाफी हमलापछि रुस रक्षात्मक, अव्यवस्थित, निराश र थप सेना भर्ती गर्न संघर्ष गरिरहेको थियो । युक्रेनले उल्लिखित सबै हतियार प्रयोग गरेर लडाइँ समाप्त गरिसकेको वा कम्तीमा सन् २०२३ मा अझ धेरै सफल जवाफी हमला गरेको हुन्थ्यो । त्यसले यो युद्ध समाप्त भइसकेको हुन सक्थ्यो ।

त्यहाँ बाइडेन प्रशासनको चिन्ताले अमेरिकालाई रुसी फौजलाई उत्तेजित नगरी युक्रेनलाई बढ्दो मात्रामा सैन्यशक्ति प्रदान गर्न अनुमति दिएको केहीले बताउँछन् । तर, युद्धमा यस्तो रणनीतिले काम गर्दैन । रुसले आणविक हतियार प्रयोग गर्नेछ भन्ने विचारलाई वास्तविक चिन्ताको विषय नभएको देखाइएको छ । जसरी हामी बिस्तारै दबाब बढाउँछौँ, त्यसरी नै रुसले बिस्तारै आफ्नो दुखाइ सहनशीलता बढाउन सक्छ र कुनै पनि बिन्दुमा प्रतिक्रिया जनाउन खोजेको छ ।

यो सबै याद गर्न महत्वपूर्ण छ, किनकि युक्रेन बारम्बार अमेरिकी हतियारले रुसभित्र सैन्य हमलाका लागि अनुरोध गर्छ । अहिलेसम्म युक्रेनी माग अस्वीकार गरिएको छ । तर, एकपटक सोचौँ कि युक्रेनीलाई अन्ततः यो अनुमति दिइयो । तसर्थ, युक्रेनले माग गरेको हतियार किन समयमै उपलब्ध नगराउने ? युक्रेनीले निरन्तर आफ्नो ज्यान गुमाउँदा किन ढिलाइ गर्ने ? युक्रेनले किभको रक्षा गर्न संघर्ष गरिरहेका वेला रुसीभूमिमा आक्रमण गर्न निषेध गरिएको हामीले बुझ्यौँ । इलाका खाली गर्न लड्दा ‘प्रतिकारपूर्ण हमला’मा प्रयास खेर फाल्ने कुनै अर्थ थिएन । यद्यपि, रुसी सेनाले किभ छाडेपछि, युद्ध थकित चरणमा प्रवेश गरेपछि र पूर्वी युक्रेनमा दुई पक्षबीचको लडाइँ तोपखानाको द्वन्द्वमा परिणत भएपछि यो प्रतिबन्धलाई जीवित राख्नु एकदम मूर्खता भयो ।

अहिले युक्रेनीहरू ग्लाइड बमबाट रुसी हवाई आक्रमण सहन बाध्य छन् । यी आक्रमणको उत्पत्ति बिन्दु थाहा भए पनि युक्रेनीहरू त्यसतर्फ आक्रमण गर्न असमर्थ छन् ।निःसन्देह युद्ध वृद्धिको व्यवस्थापन महत्वपूर्ण छ । तर, युक्रेन वा कुनै पनि सहयोगीका लागि आँखामा पट्टी बाँधेर समर्थन गरिहाल्नुहुन्न । घातक सहायता प्रदान गर्नेले ती उपकरण कसरी प्रयोग गर्नुपर्छ भन्नेमा धारणा राख्न पाउनुपर्छ । यद्यपि, अस्तित्वको संकटको सामना गर्दा युक्रेनलाई आफ्नो भूमिको रक्षा र जीवन बचाउन कसरी उत्तम हुन्छ भनेर निर्धारण गर्न धेरै स्वतन्त्रता दिइनुपर्छ । युक्रेनी सिपाहीले बारम्बार रुसी सैन्य एकाइमा आक्रमण गरेका, भगाएका तर पारी रुसी भूमिमा गएर पुनः एकीकृत भएर आक्रमण गर्न फर्किएका समाचार सुनेका छौँ । यस्तो अवस्थामा युक्रेनले जित्न सक्दैन ।

युक्रेन मुख्यतया आफ्नो अस्तित्वका लागि लडिरहेका छन्, साथमा युक्रेनी सेना पश्चिम र दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाका लागि पनि लडिरहेका छन् । विश्व मञ्चमा यस्ता गम्भीर प्रभावका साथ बाइडेन प्रशासनले अमेरिकाले आफ्नो समर्थनमार्फत हासिल गर्ने लक्ष्य के हो भन्ने स्पष्ट पार्नु आवश्यक छ । तर, के अमेरिकाले युक्रेनी विजयलाई समर्थन गर्छ ? यदि त्यसो हो भने त्यो कस्तो हुनेछ ? यी लक्ष्य सकेसम्म चाँडो प्राप्त गर्न के गर्न आवश्यक छ ? वा रुस वार्तामा नआउन्जेल के अमेरिकाले उसलाई थकानको युद्धलाई मात्र समर्थन गरेको हो ? 

शत्रुलाई ध्वस्त पार्नु पक्कै पनि विजयको सबैभन्दा महत्वपूर्ण तत्व हो, चाहे प्रत्यक्ष लडाइँमा होस् वा समूहमा । आजसम्म रुसले अनिवार्य रूपमा आफ्नो क्षेत्रलाई अमेरिकी हतियारविरुद्ध ‘सुरक्षित आश्रय’ मान्न सक्छ भन्ने विचार युक्रेनी विजयको उद्देश्यको विपरीत हो । सशस्त्र द्वन्द्वको कानुनले युक्रेनलाई यसरी आफ्नो रक्षा गर्ने अधिकार दिएको भए पनि युक्रेनलाई वैधानिक सैन्य लक्ष्यमा आक्रमण गर्नबाट रोकिएको छ । बाइडेन प्रशासनले युक्रेनमा जे गरेको छ, त्यसको लागि प्रसंशाको हकदार छ । यद्यपि द्वन्द्वको विस्तारको भयले युक्रेनलाई युद्ध जित्ने सम्भावना न्यून बनाएको छ ।
– सिएनएनबाट
 

सुझावित समाचार