राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।
राष्ट्रिय सभा बैठकमा जारी अवरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष नारायण दाहालले सहमतिको प्रयास गरिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै संघीय संसद्का दुवै सदनमा अवरोध जारी राखेको छ।