अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

नेपालकी कराँते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छिन् ।

आइतबार राति यू–२१ इलिटतर्फको ६८ केजी तौल समूहमा एरिकाले स्वर्ण भिडन्तमा क्यानडाकी खेलाडीलाई ९–० को एकपक्षीय स्कोरमा हराउँदै पदक जितेकी हुन् । एरिकाले सिनियर इलिटको ६८ केजीमाथि रजत हात पारेकी छिन् । 

उनी फाइनलमा अमेरिकी खेलाडीसँग ३–२ ले पराजित भइन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा एरिकाले नेपाललाई ऐतिहासिक रुपमा रजत दिलाएकी थिइन् । 

सुझावित समाचार