नेपाल–इराक आमनेसामने, आक्रामक फुटबल खेल्दै नेपाल

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा अहिले नेपालले इराकको सामना गरिरहेको छ। 

आमन्त्रित टोलीका रूपमा वाफ महिला च्याम्पियनसिपमा सहभागी नेपालले दोस्रो खेलमा पनि आक्रामक फुटबल खेलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपालले गोल निकाल्न भने सकेको छैन। तर, इराकको पोस्टमा लगातार आक्रमण बुनिरहेको छ। 

सातौँ मिनेटमै सावित्रा भण्डारी साम्बाको क्रसमा रेखा पौडेलको प्रहार फर्स्ट बारमा लागेर बाहिरिएको छ। 

१०औँ मिनेटमा सावित्राले करिब ३० यार्डको दूरीबाट गरेको फ्रिकिक प्रहार गोलपोस्टभन्दा केहीमाथिबाट बाहिरिएको हो। 

सुझावित समाचार