राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत खसेको छ। तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको हाे।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयका अनुसार मतदानमा प्रदेश सभातर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मतमध्ये दुई सय १६ मत खसेको छ।
बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्यायले मतदान गरेनन्। लुम्बिनीमा ३ बजेसम्म मतदानको समय तोकिएको थियो।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई सय १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए। दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। आजै मतगणना थालिनेछ।