सेवाग्राहीसँग घुस लिएको आरोपमा जितपुर सिमराका वडाध्यक्ष कार्की पक्राउ

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण

बाराको जितपुर सिमरा उपमहानगरपालिका– ३ का वडाध्यक्ष तारा कार्की सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा कार्कीलाई हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग वडाध्यक्ष कार्कीले पाँच लाख रुपैयाँ घुस मागेका बताइएको छ।

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकम अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
पक्राउ परेका कार्की ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

सुझावित समाचार