क्यानडाका लागि नेपाली राजदूतमा पौड्याल अनुमोदित

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतकाे रूपमा भरतराज पौड्याललाई  अनुमोदन गरेको छ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतको रूपमा अनुमोदन गरेको हो। 

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि पौड्याल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको थियो।

सुझावित समाचार