आन्दोलन रोकेर वार्तामा आउन स्थानीय तहका कर्मचारीलाई सरकारको आग्रह

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

सेवाको सुरक्षा माग गर्दै आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेको हो।

स्थानीय तहका कर्मचारीको मागका सम्बन्धमा छलफल गरी निकास निकाल्न सकारात्मक रहेको जनाउँदै मन्त्रालयले कतिपय नीतिगत विषयहरू सम्बोधन भइसकेकाे उल्लेख गरेको छ।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गर्दै आएको छ।

‘सम्बोधन हुन नसकेका विषयमा थप छलफलबाटै समस्याको सम्बोधन गर्न सकिने भएकाले हाल भइरहेको विरोध प्रदर्शनलाई स्थगत गरी छलफल र संवादमा आउन तथा आ–आफ्नो कार्यस्थलमा फर्की आमनागरिकमा सेवा प्रवाह सुचारु गर्न मन्त्रालय सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार