कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको घटनाका दोषीलाई कारबाही हुने बताएका छन्। 

आइतबार इजिप्टबाट फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अस्पतालमा उपचार सेवाबाट बन्चित गराएर बालिकाको मृत्यु भएकाले दोषीलाई कारबाही गर्ने बताएका हुन्। 

गत सोमबार बेलुकी ५ बजे उपचारका लागि कान्तिको  इमर्जेन्सीमा पुर्याइएकी  पाँच वर्षीया रेजिशा गोपालीको पालो कुर्दाकुर्दै मृत्यु भएको थियो। 

घटनापछि आफन्तले दोषीलाई कारबाही माग गरेका छन् भने अस्पताल प्रशासनले छानबिन समिति गठन गरेको छ।

सुझावित समाचार