जुनसुकै सिजनमा पनि फरक–फरक आउटफिटमा म्याच गरेर डेनिम लगाउन सकिन्छ । सबै उमेरका मानिसलाई यो सुहाउँछ ।
फेसनको दुनियाँमा डेनिम ज्याकेटलाई निकै भर्सटाइल आइटमका रूपमा लिइन्छ । जुनसुकै सिजनमा पनि फरक–फरक आउटफिटमा यसलाई लगाउन सकिन्छ । सबै उमेरका मानिसलाई यो सुहाउँछ ।
यस सिजनमा धेरैले फ्लोर लेन्थ स्कर्टमाथि डेनिमको ज्याकेट लगाउन रुचाउँछन् । यसले स्टाइलिस देखाउँछ । त्यस्तै, आरामदायी महसुस पनि गराउँछ । डेनिम ज्याकेटलाई साडीमाथि पनि लगाउन सकिन्छ । यसलाई पूर्वी र पश्चिमा फेसनको म्याचअपका रूपमा पनि लिन सकिन्छ । कुर्थामा पनि डेनिम ज्याकेटलाई म्याच गरेर लगाउन सकिन्छ ।
समरमा लगाउन मिल्ने लाइट डेनिम ज्याकेटहरू बजारमा प्रशस्तै पाइन्छन् । डेनिम ज्याकेट हेभी हुन्छ भन्ने पनि कतिपयलाई लाग्छ , तर यो विभिन्न फ्याब्रिकबाट बनेको हुन्छ । लाईटवेटका स्ट्रेच डेनिम समरका लागि ठिक हुन्छ ।