एआईमा लगानीको लहर

जुन गतिमा एआई कम्पनीमा अहिले लगानी भइरहेको छ, त्यसले अहिलेसम्मकै ठूलो ‘बबल’ क्रिएट गर्न सक्छ

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

गत महिना फ्रेन्च स्टार्टअप कम्पनी मिस्ट्रल एआईले १० करोड डलरभन्दा बढी पुँजी जुटायो । तर, कुनै उत्पादन गर्न सकेन । यसलाई नजिकबाट नियालिरहेका लाइटस्पिड भेन्चर्स पार्टनर्सका साझेदार एन्टोनी मोयरड छक्कचाहिँ परेनन् । उनका अनुसार कम्पनीको वैश्विक महत्वाकांक्षा छ । उक्त महत्वाकांक्षा पूरा गर्न महँगो कम्प्युटिङ पावर आवश्यक पर्छ । 

यो सम्झौता (डिल) जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावनालाई लिएर देखिएको उत्साहको एउटा उदाहरण मात्रै हो । त्यसो त एआईले प्रयोगकर्ताको संकतेको जवाफ दिँदै ओरिजिनल टेक्स, इमेज र अन्य कन्टेन्ट क्रिएट गर्न सक्छ । यसैमार्फत लगानीकर्तालाई उच्च प्रतिफल पाउने आशा पाल्छन् । तर, केही लगानीकर्ता र उद्योग जगत्का मानिस अनुदान बबलमा रूपान्तरण हुँदै गइरहेको देखेर चिन्तित छन् । कारण, न यसको कमाइ छ, न आधुनिक उत्पादन छ, न सही विशेषज्ञ नै । 

क्यालिफोर्नियामा आधारित बिक्री र भुक्तानी गर्ने प्लेटफर्म लाइटस्पिडलाई पनि यसका सहयोगदातामध्ये गणना गर्ने जेनेरेटिभ एआई फर्म स्टाबिलिटी एआईका संस्थापक तथा प्रमुख कार्यकारी इमाद मोस्ताक एआई कम्पनीमा लगानी गर्ने हालको लहरले अहिलेसम्मकै ठूलो बबल क्रिएट गर्ने बताउँछन् । 

‘मैले यसलाई डट–एआई बबल भन्छु,’ मोस्ताक भन्छन्, ‘यो बबल अहिलेसम्म सुरु भइसकेको छैन ।’ उनले  सन् १९९० को दशकको ‘डट कम’ बबलको उदाहरण दिँदै उदाएका इन्टरनेट कम्पनीमाथि सट्टेबाजी लगाउँदा थुप्रै लगानीकर्ताले घाटा व्यहोरेको बताउँछन् । 

फेरि अर्को बबल ? :  यो वर्ष मिस्ट्रल एआईमा उद्यम पुँजीपतिहरू (भेन्चर क्यापिटलिस्ट) ले गरेको लगानी धेरै लगानीमध्येको एक हो । पिचबुक डेटाअनुसार यो वर्षको ६ महिनामा उनीहरूले जेनेरेटिभ एआई कम्पनीमा वैश्विक १५ अर्ब डलरभन्दा बढी लगानी गरेका छन् । यो राशिको ठूलो हिस्सा माइक्रोसफ्टको १० अर्ब डलर लगानीमध्येबाट आउँछ । यसको घोषणा जनवरीमा लोकप्रिय जेनेरेटिभ एआई च्याटबोट च्याटजिपिटीको डेभलपर ओपेनइआईमा गरिएको थियो । तर, माइक्रोसफ्टको यो बम्पर सम्झौताबाहेक जेनेरेटिभ एआईमा लगानी गर्ने भेन्चर क्यापिटल भ्यालु सन् २०२२ को समान अवधिको तुलनामा ५८ प्रतिशतले बढेको थियो ।

 पिचबुकको तथ्यांकअनुसार भेन्चर क्यापिटलहरूले २०२३ को पहिलो त्रैमासमा जेनेरेटिभ एआईमा ११ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्, जुन गत वर्षको तुलनामा पाँच गुणा बढी हो । गत वर्ष पहिलो त्रैमासमा १.१ अर्ब डलर लगानी गरेका भेन्चर क्यापिटलले दोस्रो त्रैमासमा २.२ अर्ब, तेस्रो त्रैमासमा १.१ अर्ब र चौथो त्रैमासमा ९० करोड डलर लगानी गरेका थिए । 

गत वर्ष नोभेम्बरमा च्याटजिपिटी लन्च हुनु नै अहिलेको उत्साह रहेको ई–कमर्स कम्पनी लाइडस्पिडका मेयरोड बताउँछन् । धेरैजसो संस्थापक अनुदानका लागि जेनेरेटिभ एआई उल्लेख गर्नेको संख्या निकै बढेको पनि मेयरोड बताउँछन् । एआईमा लगानी गर्ने लगानीकर्ता ठूलो कमाइधमाइवाला होइनन् । उनीहरूको इच्छा एआईबाट उत्पात कमाउने पनि छैन । विश्वका शीर्ष पाँचवटा एआईकेन्द्रित एक्स्चेन्ज–ट्रेडेड  फन्ड प्रवाह यसको सुरुवातदेखि औसत ३५ प्रतिशत बढेको देखिन्छ । साथै, २०२२ को मारपछि प्रविधिजन्य सेयर बजार (नस्दाक सूचकांक) ४२ प्रतिशतले वृद्धि भएको थियो, जुन एस एन्ड पी–५०० सूचकांकभन्दा निकै अगाडि हो । 

यस्तै, मे महिनामा जेनेरेटिभ एआईलाई पावर दिने विशेष खालको माइक्रोचिप्स बनाउने अमेरिकी निर्माता एनभिडिया १० खर्ब डलरको बजार पुँजी पुग्ने विश्वकै छैटौँ कम्पनी बन्यो । यो वर्षको सुरुवातदेखि यसको सेयर २०७ प्रतिशतले बढेको छ । तर, एनभिडियाको सेयरले मूल्यदेखि कमाइ अनुपातमा पनि सेयर कारोबार गरेको छ । जति अनुपात उच्च हुन्छ, स्टकको भ्यालु पनि त्यति नै बढी हुने सम्भावना हुन्छ । तुलनात्मक रूपमा एस एन्ड पी–५०० का कम्पनीले २४ प्रतिशतको अनुपातमा सोही अवधिमा कारोबार गरेका थिए । 

एनभिडिया नाफामा हुँदा सी–थ्री एआई कम्पनीको सेयर यो वर्ष २४० प्रतिशतले बढ्न पुग्यो । अब यस्तो वृद्धि न यो वर्ष हुन्छ, न अर्को वर्ष हुने अपेक्षा नै गर्न सकिन्छ । लगानीकर्ताका अनुसार अहिलेको अवस्था ‘डट कम बबल’को जस्तै छ । 
जसरी सन् १९९८ को दशकमा लगानीकर्ताले डट कममा लगानी खन्याए, १९९९ मा नस्दाक एक्स्चेन्ज एक्लैको भ्यालु दोब्बर बढी पुगेको थियो । तर, गोल्डम्यान स्यासका अनुसार तीव्र महत्वाकांक्षा र उच्च मूल्यांकनले गर्दा अधिकांश स्टार्टअप कम्पनीले न कुनै आम्दानी गर्न सके न नाफा नै । 

सन् २००० मार्च र २००२ को सेप्टेम्बर अन्ततिर नस्दाकको उच्च सेयरबीच ८१ प्रतिशतसम्मको गिरावट आयो । यो गिरावटलाई नै राम्रैसँग बबल विस्फोट भएको मानिएको थियो । अमेरिकी सम्पत्ति व्यवस्थापन फर्म इन्भेस्टमेन्ट स्ट्राटेजीका उपाध्यक्ष माइक रेनोल्ड अहिलेको उत्साहले ९० को दशकको ‘टेक बबल’ स्मरण गराउने बताउँछन् । ‘कम्पनीले कमाइ गरेका थिएनन् । तैपनि, मानिसहरू आफ्नो सम्भावनाबाट यति धेरै उत्साहित थिए कि सेयरमूल्य जुनसुकै वेला बोलकबोल गर्न तयार थिए,’ उनी भन्छन् । 

विजेता छनोट :  लगानीकर्तालाई उनीहरूले अर्को अमेजन या गुगलको एआई समर्थन गर्दै छन् भन्ने थाहा पाउन धेरै गाह्रो हुने रेनोल्ड बताउँछन् । ग्लेनमेडको विश्लेषणअनुसार आजका १० शीर्ष मूल्यवान् प्रविधि र सञ्चारको सेयरमध्ये दुइटा माइक्रोसफ्ट र सिस्को मार्च २००० सम्म डट कम बबलको शीर्ष १० मा थिए । यसकारण दीर्घकालीन विजेता को बन्छ भन्ने सधैँ अनिश्चित हुन्छ । 

१९९० को दशकान्तमा एउटा कम्पनीले आफ्नो नाममा डटकम शब्द राख्दा अर्को दिन त्यसको सेयर मूल्य १० प्रतिशतले बढेको रेनोल्डको भनाइ छ । यसैगरी, टोरन्टोस्थित र्याडिकल भेन्चर क्यापिटल फर्मका सहसंस्थापक तथा एआई विशेषज्ञ जोर्डन ज्याकब प्रविधि संस्थापकबीच समान आवेग देख्छन् । ‘डट–आई डोमेन लिएर एआई कम्पनीको दाबी गर्नुले मात्रै एआई कम्पनी बनाउँदैन,’ ज्याकब भन्छन्, ‘लगानीकर्ताका रूपमा हाम्रो काम भनेको को वास्तविक हो र को होइन भन्ने पहिचान गर्नु हो ।’
 

See More On

सुझावित समाचार