यसरी बनाउनुस् च्याउको छोइला

च्याउको छोइला धेरैलाई मन पर्ने परिकार हो, बनाउन पनि सजिलो छ

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

आवश्यक सामग्री 
फ्रेस या क्यानको च्याउ आधा केजी, पोलेको अदुवा–लसुन २५ ग्राम, सुकेको खुर्सानी चार पिस, भुटेको तोरीको तेल दुई चियाचम्चा, हरियो खुर्सानी दुई पिस, हरियो धनियाँ एक मुठा, पोलेको टमाटर दुई पिस, कागतीको रस पाँच एमएल, टिमुरको धुलो आधा चियाचम्चा, मेथी आधा चियाचम्चा, बेसार आधा चियाचम्चा, हरियो लसुन या प्याज दुई पिस, जिराको धुलो आधा चियाचम्चा, नुन स्वादअनुसार ।

विधि : च्याउलाई उमाल्नुस् र पानी निचोरेर ग्यासको फ्लेममा जालीमा राखेर पोल्नुस् । त्यसपछि झिकेर एक साइडमा राख्नुस् । अदुवा, लसुन र सुकेको खुर्सानीलाई हल्का पोलेर भुटेको तोरीको तेलमा हालेर ब्लेन्ड गर्नुस् र च्याउमा हाल्नुस् ।

बाँकी सम्पूर्ण सामान हालेर मुछ्नुस् । एक चम्चा तोरीको तेल तताएर मेथी डढाउनुस् र बेसार हालेर च्याउमा झान्नुस् । यसरी च्याउ छोइला तयार हुन्छ । च्याउ छोइलाजस्तै पनिर, तोफु, मस्यौराको पनि स्वादिष्ट छोइला बनाएर स्न्याक्सको रूपमा खान सकिन्छ । च्याउ चिल्ली, पनिर चिल्ली, तोफु चिल्ली, आलु चिल्ली पनि भेज खानेका लागि स्न्याक्सको रूपमा बनाएर पस्कन सकिन्छ ।

सुझावित समाचार