विद्यार्थीलाई फुटबलले सिकाउने पाठ

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

फुटबलका शारीरिक र मानसिक मात्रै होइन, शैक्षिक फाइदा पनि छन् । यो खेलमा फिजिकल फिटनेस, टिमवर्क चाहिन्छ । रणनीतिक रूपमा सोच्नुपर्ने हुन्छ । यी सीपहरू हरेक क्षेत्रमा सफल हुनका लागि आवश्यक छन् । 

यस खेलले सोच्न, योजना बनाउन र अनुशासनमा रहन सिकाउँछ । स्कुल वा कलेजमा राम्रो अंक हासिल गर्न यी सबै कुरा चाहिन्छ । राम्रो फुटबल खेल्ने खेलाडीले कलेजमा छात्रवृत्ति पनि पाउँछन् । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलेज र विश्वविद्यालयले खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था गरेका छन् । समय व्यवस्थापन फुटबलको अर्को राम्रो पक्ष हो । फुटबल खेलाडीहरू समयमै उठ्छन्, सन्तुलित आहार लिन्छन् र समयमै सुत्छन् । परीक्षामा राम्रो अंक ल्याउन र अफिसमा राम्रो काम गर्नका लागि पनि यस्तो जीवनशैली आवश्यक छ । 

दबाबमा पनि राम्रो खेल्न सक्नु फुटबल खेलाडीको विशेषता हो । जीवनमा तपाईंले त्यतिवेला मात्रै प्रगति गर्न सक्नुहुन्छ, जतिवेला कामप्रतिको लगावसँगै दबाबमा राम्रो नतिजा दिन सक्ने खुबी तपाईंमा विकास भएर जान्छ । फुटबल रमाइलो महसुस गराउने खेल हो । यस खेल खेल्दा स्ट्रेस हर्मोनहरू रिलिज हुन्छन् र शरीरले आरामदायी महसुस गर्छ ।

फुटबलका अन्य फाइदा यस्ता छन् 
- फुटबलमा रणनीतिक रूपमा सोच्नुपर्छ । समस्या समाधान गर्ने र तत्कालै निर्णय गर्ने खुबी चाहिन्छ । शैक्षिक रूपमा सफल हुन पनि यी खुबी चाहिन्छ । फुटबल खेल्दा ब्रेन पावर विकास भएर जान्छ । 

- फुटबलले नयाँ मानिस भेट्ने, नयाँ सम्बन्ध विकास गर्ने काममा सहयोग गर्छ । टिमका सहकर्मी, प्रशिक्षक र फ्यानहरूसँग खेलाडीहरू घुलमिल भइरहेका हुन्छन् । यस्तो नेटवर्क भविष्यमा अन्य क्षेत्रमा लाग्दा पनि काममा आउँछ । ‘फेयर प्ले’ फुटबलको मन्त्र हो । यसले स्वस्थ प्रतिस्पर्धाका लागि प्रेरित गर्छ । 

- फुटबलका शारीरिक फाइदा धेरै छन् । कुद्ने, दौडने गर्दा शरीर चलायमान भइरहन्छ । यसले स्वास्थ्य सुधार्छ । मांसपेशीको विकास गर्छ । शरीर र मस्तिष्कबीच संयोजनको काम गर्छ । तनाव घटाउँछ । 

See More On

सुझावित समाचार