डेंगुको संक्रमण हुन नदिन के गर्ने ?

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि सक्छ । 

सतर्कता 

- लामखुट्टेको टोकाइबाट बच्नका लागि सतर्कताका विभिन्न उपाय अवलम्बन गर्नुपर्छ । घरवरिपरि सफा राख्ने, खाल्डाखुल्डी पुर्ने, गमला, टायर, बट्टालगायतमा पानी जम्न नदिने, झ्यालमा जाली लगाउने । 

- सुत्दा झुल प्रयोग गर्ने । लामखुट्टेको टोकाइबाट सुरक्षा दिने मलम, लोसन लगाउने । 

- लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने । बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने । 

लक्षण

- डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने,  शरीर अत्यधिक दुख्ने हुन्छ । जोर्नीहरू दुख्ने, पेट दुख्ने, जिउमा डाबर आउने, छाती दुख्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिन्छ । केही मानिसमा  अचानक ब्लडप्रेसर बढ्ने  वा घट्ने हुन्छ । केहीमा झाडापखाला हुने हुन्छ ।  कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ ।

- अरू वेलाभन्दा डेंगु लागेका वेला शरीरमा पानी कम हुने गर्छ । त्यसैले डेंगुका लक्षण देखिएको समयमा प्रशस्त पानी र झोलिलो खानेकुरा खानुपर्र्छ । धेरै मसला, चिल्लो भएका खानेकुरा खानुहुँदैन । स्वास्थ्य संस्थामा गएर परामर्श र परीक्षण गर्नुपर्छ । त्यहाँ डेंगु संक्रमण भए/नभएको निर्क्योल गरेर त्यहीअनुसार उपचार थालिन्छ । जथाभावी औषधि प्रयोग गर्नुहुँदैन ।  

See More On

सुझावित समाचार