प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। 

प्रतियोगितामा नेपालका सात प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धि लामाले जानकारी दिए। जिरोगी र पुन्सेतर्फ गरी दुई विधामा सञ्चालन  हुने खेल ६ जेठसम्म चल्नेछ।

मधेस  प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको यस  खेलमा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा मुख्य निर्णायक  छन्। यस्तै निर्णायकहरूमा अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र  मल्ल,  नारायण  बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु सिवाकोटी र  नवीना बुढाथोकी मगरलगायत छन्। 

जिरोगीतर्फ पुरुष सात र महिला ६ गरी १३ तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्षको सिंगल, १२ वर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्षतल र माथि महिला पुरुष गरी चार टिम गरी २० इभेन्टमा प्रतियोगिता सञ्चालन हुने मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए। 
 

सुझावित समाचार