एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले ओमानविरुद्ध कीर्तिमानी रनको तीन सय ११ लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार त्रिवि खेलमैदानमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै नेपालले कीर्तिमानी सर्वाधिक तीन सय १० रन बनाएको हो।
यसअघि नेपालले सन् २०२३ मा पपुवा न्युगिनी पिएनजीविरुद्ध सर्वाधिक दुई सय ९७ रन बनाएको थियो।
नेपालको विशाल लक्ष्यमा कुशल मल्लले शतकीय इनिङ्स खेले। यसैगरी सोमपाल कामीले अर्धशतक बनाएका हुन्।