प्रतिनिधिसभा सदस्य शोभा ज्ञवालीले दलका नेताहरूले नै मिटरब्याजलाई आफ्नो पेसा बनाएको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेताहरूकै संरक्षणका कारण विगतमा बनेका आयोगहरूले प्रतिवेदन बुझाउने, तर कार्यान्वयन नभएको भन्दै उनले अहिले पनि प्रतिवेदन मात्र बन्ने आशंका व्यक्त गरिन् ।
सांसद ज्ञवालीले भनिन्, ‘दलका नेता–कार्यकर्ताले नै मिटरब्याजलाई आफ्नो व्यवसायको रूपमा अघि बढाएको थुप्रै उदाहरण छन् । नेताहरूले संरक्षण गरेकाले यो समस्या समाधान नहुने हो कि भन्ने मलाई शंका छ ।’