चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
मनोनयन दर्ताअघि भरतपुरको चौबिसकोठीमा सयौँको संख्यामा सभा आयाेजना गरिएकाे थियो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रेष्ठलाई जिताउन भाषणसमेत गरेका थिए। श्रेष्ठ महामन्त्रीसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी गराएका थिए। उपनिर्वाचन आगामी १० वैशाख हुनेछ।