सूर्य नेपाल च्यालेन्जमा सदभावले इतिहास रचे

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

१६ वर्ष १० महिनाका सदभाव सूर्य नेपाल च्यालेन्ज उपाधि जित्ने कान्छो गल्फर

१६ वर्षका युवा गल्फर सदभाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । सदभावले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा तीन अन्डर दुई सय ६९ स्कोरसहित उपाधि जितेका हुन् । उनले साबिक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि हात पारेका हुन् । सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङको रेकर्ड तोडेका छन् । 

सुवासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन् २०१९ मा भुवनलाई नै हराउँदै सूर्य नेपाल च्यालेन्ज जिते । अनुभवी गल्फर भुवन इभन पार ६८ सहित समग्रमा एक अन्डर दुई सय ६१ स्कोरको नतिजामा उपविजेता भएका छन् । समग्रमा दोस्रो हुँदा प्रोतर्फ भने उनी पहिलो हुँदै एक लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको तेस्रो दिनका शीर्ष स्थानमा उक्लेका रवि खड्काले अन्तिम दिन खराब प्रदर्शन गर्दै तीन ओभर ७१ स्कोर गरे । समग्रमा उनले इभन पार दुई सय ७२ स्कोर गरी तेस्रो स्थानमा चित्त बुझाए । उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार रुपैयाँ हात पारे । 

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले अन्तिम दिन इभन पार ६८ मा खेल सकाए । समग्रमा तीन ओभर दुई सय ७५ को स्कोरका साथ उनी चौथो भए । उनी एमेच्योरतर्फ दोस्रो भएका छन् । दिनेश प्रजापतिले समग्रमा पाँच ओभर दुई सय ७७ स्कोर गरी पाँचाैँ स्थान रक्षा गरे । 

See More On

सुझावित समाचार